Monday, July 6, 2026

जापानको अस्पताल ! कस्तो राम्रो सिष्टम !

छोरो शिवान्सलाई हल्का ज्वरो आएपछि म घर नजिकैको एउटा अस्पतालमा औषधिका लागि कुरिरहेको छु । आइतबार भएकाले जापानमा अधिकांश अस्पताल बन्द हुन्छन् । त्यसैले नयाँ अस्पतालमा फोन गरेर बाबुको अवस्था बताएँ । सोचेको थिएँ, “अपोइन्टमेन्ट पाईंदैन कि, आज त गाह्रो होला ।” तर उताबाट सहजै जवाफ आयो- “रिजर्भेशन पर्दैन, सिधै आउनुहोस्।” मैले सबै कुरा फोनमै जानकारी दिइसकेको हुनाले, भर्नुपर्ने सबै कागजात स्टाफले पहिल्यै तयार गरेर राखेका रहेछन् । नयाँ अस्पताल भएकाले म गल्तीले कार पार्किङतर्फबाट भित्र पसेछु र एकजना स्टाफ मुस्कुराउँदै आएर केही नभनी रिसेप्सनसम्म पुर्‍याईदिए । कति विनम्र, कति सम्मानजनक व्यवहार ! नेपालमा भएको भए- ‘ए दाई ! काँ आ’को, आँखा देखिँदैन, उता हो बाटो भन्नेसम्मको जवाफ पाईन्थ्यो होला ।
?’ जापानी भाषामा भएको फारामका नबुझेका केही शब्द मोबाइलबाट ट्रन्सलेट गरेर भर्न खोज्दै थिएँ । त्यो देखेपछि नर्स आफैं आइन् र सजिलै लेख्न सिकाईदिईन् । त्यसपछि वेटिंग नम्बर लिएँ अनि बाबुको चेकजाँच सुरु भयो । न लामो लाइन, न अनावश्यक दौडधुप, न झर्को लाग्ने प्रक्रिया सबै कुरा छिटो, व्यवस्थित र सहज । म विदेशी भएकाले सुरुमा अङ्ग्रेजीमा बुझाउन खोज्दैदिए । जापानीजको पनि अंग्रेजी खासै राम्रो हुँदैन 🤓 । मैले “जापानीमै हुन्छ” भनेपछि डाक्टरले औषधिको नाम, किन दिएको हो, कसरी खाने, सम्भावित साईड ईफेक्ट, ध्यान दिनुपर्ने सबै कुरा धैर्यपूर्वक विस्तारमा बुझाइदिए । अझ एउटा कुराले त झन् मन छोयो । बिल तिर्न काउन्टरसम्म पनि जानुपरेन । स्टाफ आफैं बिल लिएर आए, पैसा लिए, फिर्ता रकम पनि मैले बसेकै ठाउँमा ल्याएर दिए । सानो जस्तो लाग्ने यस्तो सेवाले बिरामी र परिवारलाई कति ठूलो राहत दिन्छ भन्ने कुरा आज महसुस भयो। । विदेशी भएकै कारण मैले कुनै भेदभाव महसुस गर्नुपरेन । न कुनै झन्झट नै सहनुपर्यो । जापानमा १६ वर्षमुनिका बालबालिकाको उपचार प्रायः पूर्ण रूपमा निःशुल्क हुन्छ । आवश्यक सर्त पूरा भएका विदेशी बालबालिकाले पनि जापानी नागरिकसरह सुविधा पाउँछन् । राम्रो देश भनेको केवल अग्ला भवन, रेल र प्रविधिले मात्र बन्दैन । राम्रो देश त त्यही हो, जहाँ बिरामी भएर अस्पताल जाँदा पनि मानिसलाई सम्मान, सहजता र आत्मीयता महसुस हुन्छ । #JapaneseHospitality #JapanHealth #JapanHospital

No comments:

Post a Comment