नबुको शब्दघर
समसामयिक बिषय, सूचना प्रविधि, निजी विचार र तपाईंका प्रतिक्रिया अटाउने शब्दघर ।
छुट्टाछुट्टै हेर्नुहोस्
Sunday, July 12, 2026
भर्खरका टिनएज केटाहरुको पारा ! नेपाली देख्नासाथ अपशब्द !!
घरबाट बिहानै ६ बजेतिर काममा जाने क्रममा टोकियोको शिनागावा स्टेशनमा ३ जना नेपाली भाईहरुको व्यवहारले दिनभरी टाउको हल्लिरह्यो ।
टोकियोकै व्यस्तमध्येको मानिने शिनागावा स्टेशनमा हरेक बिहान, रातीको कामबाट फर्किने नेपाली अनि विदेशीको भीड हुन्छ । सायद ती भाईहरु हानेदाको यामातोको काम गरेर फर्किएको हुनुपर्छ ।
म ट्रेनबाट झरेर कोनान एक्जिटतिर जाँदै थिएँ, ग्रुप ग्रुपमा टन्नै नेपालीहरु ट्रेन चढ्न जाँदै थिए । भर्खर भर्खरका विद्यार्थी बहिनीहरु पनि धेरै नै थिए ।
अलि पछि ३ जना भाईहरु पूरै बाटै छेकेर समानान्तर भएर हल्ला गर्दै आउँदै थिए (पहिलो कुरा अर्काको बाटो नै छेकिने गरि हिँड्नु, त्यसमाथी भीडभाडमा, जापानमा अत्यन्तै असभ्य मानिन्छ) ।
कालो टि~सर्टमाथी धर्के सर्ट लाउने छेउको भाईको र मेरो आँखा जुधाजुध भयो । ५ मिटर जति पछाडी गएपछि त्यो भाई अचानक फोहोरी नेपाली शब्द बोल्दै चिच्याउँदै गयो । जुन शब्द मेरो मुखबाट कहिल्यै निस्किनै सक्दैन । पक्कै म नेपाली भन्ने चिनेर उसले आफ्नो असल परिचय दिएको हुनुपर्छ । 😡
न मैले उसलाई केही भनेको, न केही गरेको ।
दिमाग एकाएक चट्चट् भयो ! एकाबिहानै काममा हिँडेको मान्छे, झनक्क रिस उठ्यो । यसो सम्झेँ- बेकार ‘के जातीलाई चलाएर के आफ्नै मुखमा छिटा पार्नु’ भन्ठानेँ ।
उनीहरु स्टेशनभित्र छिरे, म बाहिर निस्किएँ । बेक्कारमा त्यो पाजीसँग जम्काभेट भएछ भन्ने लाग्यो, मन खिन्न भयो ।
त्यो भाई पक्कै निहोंगो गाक्कोउ (भाषा स्कूल) को हुनुपर्छ र पक्कै हानेदाको कुरुनोगेतो यामाताको (जापानको ठूलो डेलिभरी कम्पनीमा सामान उठाउने काम) नाईट काम गरेर फर्केको हो ।
तिम्रो शब्द र यति संस्कारी देशमा आएर पनि तिमीले देखाएको कुसंस्कारले पोल्यो भाई मलाई ।
भर्खरै जापान आएका छौ, पक्कै पुगिसरी भएर त हैन होला । नत्र राती राती यामातोको काम गर्न त पक्कै जान्थेनउ ।
भोली सेन्मोन खोज्नुपर्ला, वर्किंग खोज्नुपर्ला, मलाई आज गरेको जस्तै व्यवहारले त तिमी जापानमा धेरै समय टिकौला जस्तो लाग्दैन ।
अरु नसकेपनि कम्तिमा संस्कार सिक र अरुलाई ईज्जत गर्न सिक भाई !
कतैबाट यो पोष्ट देखेर आफूलाई चिन्यौ भने मलाई म्यासेन्जरमा सम्पर्क गर । म तिमीप्रति विनम्र र कृतज्ञ हुनेछु 😔😔😔
फोटो चाहिँ म कामबाट फर्किँदाको हो ।
Wednesday, July 8, 2026
सजिलै ८ किलो तौल यसरी घटाउनुस्
ल आउनोस्, तौल घटाउने बिषयमा मेरो कथा र मैले २ महिनामा के गरेँ विस्तारमा भन्छु । 😊
आजभन्दा २ महिना अगाडी म ७०.३ केजी पुगिसकेको थिएँ । तर अहिले ६२ केजीमा झरेको छु । यो कसरी सम्भव भयो त ? बुँदागत रुपमा हेर्नुहोस् ।
❇️ मैले के गरेँ ?
खान बन्द गरेको कुराहरुः
१. कोल्ड ड्रिंक्स, बन्द बोतल र प्याकेटको जुस र धेरै चिनी भएको पेय पदार्थ पूरै बन्द
२. दूध र चिनी हालेको चिया बन्द
३. तेल र घ्यू हालेको तरकारी वा खाना बन्द
४. चाउचाउ, चिप्स लगायतका जंक फुड बन्द
५. राति ढिलो धेरै खान बन्द
६. २/३ छाक भात खान बन्द
७. मैदाजन्य खाना अत्यन्तै कम
❇️ के खाएँ ?
१. प्रत्येक बिहान २ वटा उमालेको अण्डा
२. चिनीबिनाको कफी वा ग्रीन टी, मिन्ट टी जे उपलब्ध हुन्छ त्यही
३. प्रशस्त पानी
४. छाला र बोसो निकालेको कुखुराको मासु, खसिको कहिलेकाहीँ मात्र
५. सस वा ड्रेसिंग कम हालेको हरियो सलाद
६. गेडागुडीको तरकारी तर चिल्लो कम हालेको
७. भातको मात्रा ६० प्रतिशत कम
❇️ अरु के गरेँः
- सकेसम्म पर्याप्त सुत्ने प्रयास गर्ने गरेँ ।
- दिनको १० मिनेटभन्दा बढी छिटोछिटो हिँड्ने वा दौडने गरेँ ।
- अनियमित भएपनि पुसअप वा पेट घटाउने एक्सरसाईज दिनको एकपटक ५/१० मिनेट गरेँ ।
- खानेकुरा देखेमा वा सम्झिएमा मन कन्ट्रोल गरेँ । किनकी म जसरी पनि घट्नुथियो ।
- भोक लागेमा पहिले १ गिलास पानी पिउने अनि सलाद वा फलफूल, - तोफू वा अन्य क्यालोरी कम हुने कुरा खाएँ ।
- खाना जोख्ने मेशिन किनेँ र हरेक चीज जोखेर क्यालोरी हेरेर मात्रै खाने गरेँ ।
- भोकै कहिल्यै बसिन र बढी क्यालोरी हुने खानेकुरा पनि एकदम कम गरेँ
- सुरुमा तौल ढिलो घटेन भनेर बिचमै छोडिन ।
- मेरो उमेर र तौल अनुसार चाहिने क्यालोरी लगभग दैनिक २२०० क्यालोरी थियो तर मैले १७०० भन्दा बढी क्यालोरी कहिल्यै खाईन ।
यति गरेपछि लगभग ३/४ दिनबाटै १००/२०० ग्रामको दरले तौल घट्न सुरु भयो । १ महिनामा देखिने परिवर्तन आउन सुरु भयो । २ महिनामा त कुनैपनि पाईन्ट र कट्टु कम्मरमा अडिनै छाडे ।
अहिले त ज्यान चङ्गा भएको छ ।
अहिले चाहिँ डाईटिंग छोडेँ । तर खानेकुरा कन्ट्रोल गरिरहन्छु । एक दिन धित मरुन्जेल खाएँ भने अर्को दिन हल्काफुल्का मात्रै खान्छु ।
♻️ खानपानमा सेल्फ अनुशासन र साँच्चिकै म घट्नु छ भन्ने मनबाट आएन भने तौल घटाउन सकिँदैन । आज एकदिन त हो नि भन्न थाल्नुभयो भने त झन् सकियो ।
Monday, July 6, 2026
२ सेकेन्ड ढिला हुँदा जापानी रेल छुटेपछि . . .
कहिलेकाहीँ यस्तो पनि हुन्छ !
😳 राती १०ः०८ बजेको को ट्रेन थियो । काममा निस्किने
बेला अरुबेला सधैं १/२ मिनेट अगाडी नै स्टेशन पुगिसकेको हुन्थेँ । तर हिजो रुमबाट निस्किन थोरै ढिला भयो ।
रुम र स्टेशनबीचको दूरी खासै धेरै नभएकाले काममा निस्किने बेला प्रायः हतारहतारमै निस्किन्छु । म १०ः०७ बजे स्टेशनभित्र छिरेँ र ट्रेन चढ्ने ठाउँसम्म पुग्दा १०ः०८ भैसकेछ । म स्टेशन पुग्नु अघि नै आएर यात्रु कुरेको ट्रेनको चालकले १०ः०८ हुनासाथ ढोका बन्द गरिदिए ।
ट्रेनको ढोका बन्द हुनु र म ट्रेनभित्र छिर्न खोज्नु एकसाथ भयो र म ट्रेनभित्र चढ्न सकिन । 😔
ढोका बन्द भैसकेपछि मलाई देखेर फेरि खोलिदिने कुरा पनि भएन । २/३ सेकेन्डले गर्दा मैले ट्रेन छुटाएँ ।
त्यसपछिको ट्रेन १२ मिनेट पछाडीको थियो र त्यसमा जाँदा म समयमै काममा पुग्न सक्दिनथेँ । फलस्वरूप त्यही भयो र म काममा जान ढिला भयो । अनि काममा फोन गरेर कारणसहित आफू ढिला हुने कुरा बताएँ । अब त्यो ढिला भएको समयको पूर्ति मैले कि ओभरटाईम गरेर पूरा गरिदिनुपर्छ नभए मेरो तलब काटिन्छ ।
जापानमा ट्रेन होस् वा काम जतापनि समयभन्दा ठूलो अरु मानिँदैन । १०ः०८ को ट्रेन अपवाद बाहेक १०ः०८ मा नै गुड्छ । १ मिनेट मात्रै पनि ढिलो भयो भने ट्रेन चालक दलले पटक पटक असुविधा भएको प्रति माफी मागिरहन्छन् ।
अनि ११ः०० बजेबाट सुरु हुने काममा तपाईं ११ः०० बजेभन्दा अगाडी
नै पुगिसक्नुपर्छ । १ मिनेट मात्रै पनि ढिला भयो भने गयल हुने वा तलब काटिने हुन्छ । ढिला हुने परिस्थितीमा फोन वा मेल गरेर पहिल्यै सूचना दिएकै हुनुपर्छ ।
जापानीहरु प्रत्येक सेकेन्डको हिसाब गर्छन् र समयलाई कति महत्व दिन्छन् भन्ने उदाहरण हो यो ।
र जापानमा हरेक कुरा समयभित्रै हुनु सामान्य पनि हो । के आजभोली नेपालमा पनि हरेक
काम समयमै हुन थालेका छन् ? कि उस्तै छ पारा ?
#traininjapan #realtimetrain
#livetrain
जापानको अस्पताल ! कस्तो राम्रो सिष्टम !
छोरो शिवान्सलाई हल्का ज्वरो आएपछि म घर नजिकैको एउटा अस्पतालमा औषधिका लागि कुरिरहेको छु । आइतबार भएकाले जापानमा अधिकांश अस्पताल बन्द हुन्छन् । त्यसैले नयाँ अस्पतालमा फोन गरेर बाबुको अवस्था बताएँ ।
सोचेको थिएँ, “अपोइन्टमेन्ट पाईंदैन कि, आज त गाह्रो होला ।” तर उताबाट सहजै जवाफ आयो- “रिजर्भेशन पर्दैन, सिधै आउनुहोस्।” मैले सबै कुरा फोनमै जानकारी दिइसकेको हुनाले, भर्नुपर्ने सबै कागजात स्टाफले
पहिल्यै तयार गरेर राखेका रहेछन् । नयाँ अस्पताल भएकाले म गल्तीले कार
पार्किङतर्फबाट भित्र पसेछु र एकजना स्टाफ मुस्कुराउँदै आएर केही नभनी रिसेप्सनसम्म पुर्याईदिए ।
कति विनम्र, कति सम्मानजनक व्यवहार ! नेपालमा भएको भए- ‘ए दाई ! काँ आ’को, आँखा देखिँदैन, उता हो बाटो भन्नेसम्मको जवाफ पाईन्थ्यो होला ।
?’
जापानी भाषामा भएको फारामका नबुझेका केही शब्द मोबाइलबाट ट्रन्सलेट गरेर भर्न खोज्दै थिएँ । त्यो देखेपछि नर्स आफैं आइन् र सजिलै लेख्न सिकाईदिईन् । त्यसपछि वेटिंग नम्बर लिएँ अनि बाबुको चेकजाँच सुरु भयो । न लामो लाइन, न अनावश्यक दौडधुप, न झर्को लाग्ने प्रक्रिया सबै कुरा छिटो, व्यवस्थित र सहज । म विदेशी भएकाले सुरुमा अङ्ग्रेजीमा बुझाउन खोज्दैदिए । जापानीजको पनि अंग्रेजी खासै राम्रो हुँदैन 🤓 ।
मैले “जापानीमै हुन्छ” भनेपछि डाक्टरले औषधिको नाम, किन दिएको हो, कसरी खाने, सम्भावित साईड ईफेक्ट, ध्यान दिनुपर्ने सबै कुरा धैर्यपूर्वक विस्तारमा बुझाइदिए ।
अझ एउटा कुराले त झन् मन छोयो । बिल तिर्न काउन्टरसम्म पनि जानुपरेन । स्टाफ आफैं बिल लिएर आए, पैसा लिए, फिर्ता रकम पनि मैले बसेकै ठाउँमा ल्याएर दिए । सानो जस्तो लाग्ने यस्तो सेवाले बिरामी र परिवारलाई कति ठूलो राहत दिन्छ भन्ने कुरा आज महसुस भयो। । विदेशी भएकै कारण मैले कुनै भेदभाव महसुस गर्नुपरेन । न कुनै झन्झट नै सहनुपर्यो । जापानमा १६ वर्षमुनिका बालबालिकाको उपचार प्रायः पूर्ण रूपमा निःशुल्क
हुन्छ । आवश्यक सर्त पूरा भएका विदेशी बालबालिकाले पनि जापानी नागरिकसरह सुविधा पाउँछन् । राम्रो देश भनेको केवल अग्ला भवन, रेल र प्रविधिले मात्र बन्दैन । राम्रो देश त त्यही हो, जहाँ बिरामी भएर अस्पताल जाँदा पनि मानिसलाई सम्मान, सहजता र आत्मीयता महसुस हुन्छ ।
#JapaneseHospitality #JapanHealth #JapanHospital
Wednesday, July 30, 2014
समाचार र शिर्षक एउटै तर छुट्टाछुट्टै पत्रिकामा दिनदिनै फरक बाईलाईन
‘पत्रकार’ भन्नाले छापा, विद्युतीय तथा अनलाइनजस्ता कुनै पनि प्रकृतिका संचारमाध्यम वा समाचारमूलक कार्यक्रम उत्पादन, वितरण गर्ने, एजेन्सी वा संस्थामा समाचार सामग्रि संकलन उत्पादन, सम्पादन र सम्प्रेषण जस्ता कार्यसँग आवद्ध प्रधान सम्पादक, सम्पादक, सम्पादक मण्डलका सदस्यहरू, संवाददाता, स्तम्भ लेखक, स्वतन्त्र पत्रकार, फाटो पत्रकार, प्रेस–क्यामेरा पर्सन, व्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता तथा संचालक, साजसज्जा, दृश्य तथा भाषा सम्पादक जस्ता पत्रकारितामूलक कार्यसँग सम्बन्धित संचारकर्मीहरूलाई जनाउँछ ।
- पत्रकार आचारसंहिता २०६०
तर पत्रकार आचारसंहिताले अर्काले लेखेको समाचार हु बहु सारेर पत्रिका वा अनलाईनमा छाप्ने वा रेडियो टिभिमा पढ्नेलाई पत्रकार मानेको छैन । चाहे त्यो पत्रकार होस् या प्रशिक्षार्थी पत्रकार ।
Labels:
अनुभव
Subscribe to:
Posts (Atom)




