Showing posts with label सेतो हब्सीका किस्सा. Show all posts
Showing posts with label सेतो हब्सीका किस्सा. Show all posts

Friday, May 23, 2014

मलाई नम्बर नै दिँदैन यार

कक्षा ८ को परीक्षा सकिन एकदिन मात्रै बाँकी थियो । 
अन्तिम दिन पूर्व व्यवसायिक बिषयको परीक्षा । कक्षामा सरले अरु बिषय पढाउँदा सधैं कुखुरो बन्ने गरेपनि पूर्वव्यवसायिकमा भने सेतो हब्सीले कहिल्यै हप्काई खाएन । त्यही भएर पनि उ ढुक्क थियो परीक्षामा पास हुन्छु भन्नेमा । परीक्षामा सधैं अघिल्तिर र पछिल्तिरका साथीलाई कर्के नजर लगाउँदै कापी देखाउन बाध्य पाथ्र्यो सेतो हब्सी ।