छुट्टाछुट्टै हेर्नुहोस्
Sunday, July 12, 2026
भर्खरका टिनएज केटाहरुको पारा ! नेपाली देख्नासाथ अपशब्द !!
घरबाट बिहानै ६ बजेतिर काममा जाने क्रममा टोकियोको शिनागावा स्टेशनमा ३ जना नेपाली भाईहरुको व्यवहारले दिनभरी टाउको हल्लिरह्यो ।
टोकियोकै व्यस्तमध्येको मानिने शिनागावा स्टेशनमा हरेक बिहान, रातीको कामबाट फर्किने नेपाली अनि विदेशीको भीड हुन्छ । सायद ती भाईहरु हानेदाको यामातोको काम गरेर फर्किएको हुनुपर्छ ।
म ट्रेनबाट झरेर कोनान एक्जिटतिर जाँदै थिएँ, ग्रुप ग्रुपमा टन्नै नेपालीहरु ट्रेन चढ्न जाँदै थिए । भर्खर भर्खरका विद्यार्थी बहिनीहरु पनि धेरै नै थिए ।
अलि पछि ३ जना भाईहरु पूरै बाटै छेकेर समानान्तर भएर हल्ला गर्दै आउँदै थिए (पहिलो कुरा अर्काको बाटो नै छेकिने गरि हिँड्नु, त्यसमाथी भीडभाडमा, जापानमा अत्यन्तै असभ्य मानिन्छ) ।
कालो टि~सर्टमाथी धर्के सर्ट लाउने छेउको भाईको र मेरो आँखा जुधाजुध भयो । ५ मिटर जति पछाडी गएपछि त्यो भाई अचानक फोहोरी नेपाली शब्द बोल्दै चिच्याउँदै गयो । जुन शब्द मेरो मुखबाट कहिल्यै निस्किनै सक्दैन । पक्कै म नेपाली भन्ने चिनेर उसले आफ्नो असल परिचय दिएको हुनुपर्छ । 😡
न मैले उसलाई केही भनेको, न केही गरेको ।
दिमाग एकाएक चट्चट् भयो ! एकाबिहानै काममा हिँडेको मान्छे, झनक्क रिस उठ्यो । यसो सम्झेँ- बेकार ‘के जातीलाई चलाएर के आफ्नै मुखमा छिटा पार्नु’ भन्ठानेँ ।
उनीहरु स्टेशनभित्र छिरे, म बाहिर निस्किएँ । बेक्कारमा त्यो पाजीसँग जम्काभेट भएछ भन्ने लाग्यो, मन खिन्न भयो ।
त्यो भाई पक्कै निहोंगो गाक्कोउ (भाषा स्कूल) को हुनुपर्छ र पक्कै हानेदाको कुरुनोगेतो यामाताको (जापानको ठूलो डेलिभरी कम्पनीमा सामान उठाउने काम) नाईट काम गरेर फर्केको हो ।
तिम्रो शब्द र यति संस्कारी देशमा आएर पनि तिमीले देखाएको कुसंस्कारले पोल्यो भाई मलाई ।
भर्खरै जापान आएका छौ, पक्कै पुगिसरी भएर त हैन होला । नत्र राती राती यामातोको काम गर्न त पक्कै जान्थेनउ ।
भोली सेन्मोन खोज्नुपर्ला, वर्किंग खोज्नुपर्ला, मलाई आज गरेको जस्तै व्यवहारले त तिमी जापानमा धेरै समय टिकौला जस्तो लाग्दैन ।
अरु नसकेपनि कम्तिमा संस्कार सिक र अरुलाई ईज्जत गर्न सिक भाई !
कतैबाट यो पोष्ट देखेर आफूलाई चिन्यौ भने मलाई म्यासेन्जरमा सम्पर्क गर । म तिमीप्रति विनम्र र कृतज्ञ हुनेछु 😔😔😔
फोटो चाहिँ म कामबाट फर्किँदाको हो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment