Wednesday, July 8, 2026

सजिलै ८ किलो तौल यसरी घटाउनुस्

ल आउनोस्, तौल घटाउने बिषयमा मेरो कथा र मैले २ महिनामा के गरेँ विस्तारमा भन्छु । 😊 आजभन्दा २ महिना अगाडी म ७०.३ केजी पुगिसकेको थिएँ । तर अहिले ६२ केजीमा झरेको छु । यो कसरी सम्भव भयो त ? बुँदागत रुपमा हेर्नुहोस् ।
❇️ मैले के गरेँ ? खान बन्द गरेको कुराहरुः १. कोल्ड ड्रिंक्स, बन्द बोतल र प्याकेटको जुस र धेरै चिनी भएको पेय पदार्थ पूरै बन्द २. दूध र चिनी हालेको चिया बन्द ३. तेल र घ्यू हालेको तरकारी वा खाना बन्द ४. चाउचाउ, चिप्स लगायतका जंक फुड बन्द ५. राति ढिलो धेरै खान बन्द ६. २/३ छाक भात खान बन्द ७. मैदाजन्य खाना अत्यन्तै कम ❇️ के खाएँ ? १. प्रत्येक बिहान २ वटा उमालेको अण्डा २. चिनीबिनाको कफी वा ग्रीन टी, मिन्ट टी जे उपलब्ध हुन्छ त्यही ३. प्रशस्त पानी ४. छाला र बोसो निकालेको कुखुराको मासु, खसिको कहिलेकाहीँ मात्र ५. सस वा ड्रेसिंग कम हालेको हरियो सलाद ६. गेडागुडीको तरकारी तर चिल्लो कम हालेको ७. भातको मात्रा ६० प्रतिशत कम ❇️ अरु के गरेँः - सकेसम्म पर्याप्त सुत्ने प्रयास गर्ने गरेँ । - दिनको १० मिनेटभन्दा बढी छिटोछिटो हिँड्ने वा दौडने गरेँ । - अनियमित भएपनि पुसअप वा पेट घटाउने एक्सरसाईज दिनको एकपटक ५/१० मिनेट गरेँ । - खानेकुरा देखेमा वा सम्झिएमा मन कन्ट्रोल गरेँ । किनकी म जसरी पनि घट्नुथियो । - भोक लागेमा पहिले १ गिलास पानी पिउने अनि सलाद वा फलफूल, - तोफू वा अन्य क्यालोरी कम हुने कुरा खाएँ । - खाना जोख्ने मेशिन किनेँ र हरेक चीज जोखेर क्यालोरी हेरेर मात्रै खाने गरेँ । - भोकै कहिल्यै बसिन र बढी क्यालोरी हुने खानेकुरा पनि एकदम कम गरेँ - सुरुमा तौल ढिलो घटेन भनेर बिचमै छोडिन । - मेरो उमेर र तौल अनुसार चाहिने क्यालोरी लगभग दैनिक २२०० क्यालोरी थियो तर मैले १७०० भन्दा बढी क्यालोरी कहिल्यै खाईन । यति गरेपछि लगभग ३/४ दिनबाटै १००/२०० ग्रामको दरले तौल घट्न सुरु भयो । १ महिनामा देखिने परिवर्तन आउन सुरु भयो । २ महिनामा त कुनैपनि पाईन्ट र कट्टु कम्मरमा अडिनै छाडे । अहिले त ज्यान चङ्गा भएको छ । अहिले चाहिँ डाईटिंग छोडेँ । तर खानेकुरा कन्ट्रोल गरिरहन्छु । एक दिन धित मरुन्जेल खाएँ भने अर्को दिन हल्काफुल्का मात्रै खान्छु । ♻️ खानपानमा सेल्फ अनुशासन र साँच्चिकै म घट्नु छ भन्ने मनबाट आएन भने तौल घटाउन सकिँदैन । आज एकदिन त हो नि भन्न थाल्नुभयो भने त झन् सकियो ।

No comments:

Post a Comment