![]() |
| मेरोपोष्ट डटकमको आवरण यस्तो छ । |
सामाजिक सञ्जाल फेसबुक र ट्विटरको अत्यधिक प्रयोगपछि, विश्वमा थुप्रै सामाजिक सञ्जालले प्रयोगकर्ता तान्ने होड नै चलिरहेको छ । अन्य देशका सामाजिक सञ्जाल चलाउँदै रमाईरहेका नेपालीहरुका लागि नेपालमै पनि थुप्रै सामाजिक सञ्जा ल विस्तार हुने क्रम बढ्दो छ । पछिल्लो समय नेपाली सामाजिक सञ्जाल प्रयोग गर्नेहरु पनि उत्तिकै बढेका छन् । फेसबुक र ट्विटर चलाईरहेका प्रयोगकर्तालाई आफूतर्फ आकर्षित गर्न नेपाली सामाजिक सञ्जाल मेरोपोष्ट डटकमले स्टाटस पोष्ट गरेमा र नयाँ साथि बनाएमा पैसा पाउने अफर ल्याएको छ ।


