Monday, July 6, 2026

२ सेकेन्ड ढिला हुँदा जापानी रेल छुटेपछि . . .

कहिलेकाहीँ यस्तो पनि हुन्छ ! 😳 राती १०ः०८ बजेको को ट्रेन थियो । काममा निस्किने बेला अरुबेला सधैं १/२ मिनेट अगाडी नै स्टेशन पुगिसकेको हुन्थेँ । तर हिजो रुमबाट निस्किन थोरै ढिला भयो । रुम र स्टेशनबीचको दूरी खासै धेरै नभएकाले काममा निस्किने बेला प्रायः हतारहतारमै निस्किन्छु । म १०ः०७ बजे स्टेशनभित्र छिरेँ र ट्रेन चढ्ने ठाउँसम्म पुग्दा १०ः०८ भैसकेछ । म स्टेशन पुग्नु अघि नै आएर यात्रु कुरेको ट्रेनको चालकले १०ः०८ हुनासाथ ढोका बन्द गरिदिए । ट्रेनको ढोका बन्द हुनु र म ट्रेनभित्र छिर्न खोज्नु एकसाथ भयो र म ट्रेनभित्र चढ्न सकिन । 😔 ढोका बन्द भैसकेपछि मलाई देखेर फेरि खोलिदिने कुरा पनि भएन । २/३ सेकेन्डले गर्दा मैले ट्रेन छुटाएँ । त्यसपछिको ट्रेन १२ मिनेट पछाडीको थियो र त्यसमा जाँदा म समयमै काममा पुग्न सक्दिनथेँ । फलस्वरूप त्यही भयो र म काममा जान ढिला भयो । अनि काममा फोन गरेर कारणसहित आफू ढिला हुने कुरा बताएँ । अब त्यो ढिला भएको समयको पूर्ति मैले कि ओभरटाईम गरेर पूरा गरिदिनुपर्छ नभए मेरो तलब काटिन्छ । जापानमा ट्रेन होस् वा काम जतापनि समयभन्दा ठूलो अरु मानिँदैन । १०ः०८ को ट्रेन अपवाद बाहेक १०ः०८ मा नै गुड्छ । १ मिनेट मात्रै पनि ढिलो भयो भने ट्रेन चालक दलले पटक पटक असुविधा भएको प्रति माफी मागिरहन्छन् । अनि ११ः०० बजेबाट सुरु हुने काममा तपाईं ११ः०० बजेभन्दा अगाडी नै पुगिसक्नुपर्छ । १ मिनेट मात्रै पनि ढिला भयो भने गयल हुने वा तलब काटिने हुन्छ । ढिला हुने परिस्थितीमा फोन वा मेल गरेर पहिल्यै सूचना दिएकै हुनुपर्छ । जापानीहरु प्रत्येक सेकेन्डको हिसाब गर्छन् र समयलाई कति महत्व दिन्छन् भन्ने उदाहरण हो यो । र जापानमा हरेक कुरा समयभित्रै हुनु सामान्य पनि हो । के आजभोली नेपालमा पनि हरेक काम समयमै हुन थालेका छन् ? कि उस्तै छ पारा ? #traininjapan #realtimetrain #livetrain

No comments:

Post a Comment