Tuesday, May 27, 2014

कति काईदा होः स्टाटस अपडेट गरे १० पैसा, साथी बनाए ५ रुपैयाँ पाईने

मेरोपोष्ट डटकमको आवरण यस्तो छ । 
सामाजिक सञ्जाल फेसबुक र ट्विटरको अत्यधिक प्रयोगपछि, विश्वमा थुप्रै सामाजिक सञ्जालले प्रयोगकर्ता तान्ने होड नै चलिरहेको छ । अन्य देशका सामाजिक सञ्जाल चलाउँदै रमाईरहेका नेपालीहरुका लागि नेपालमै पनि थुप्रै सामाजिक सञ्जा ल विस्तार हुने क्रम बढ्दो छ । पछिल्लो समय नेपाली सामाजिक सञ्जाल प्रयोग गर्नेहरु पनि उत्तिकै बढेका छन् । फेसबुक र ट्विटर चलाईरहेका प्रयोगकर्तालाई आफूतर्फ आकर्षित गर्न नेपाली सामाजिक सञ्जाल मेरोपोष्ट डटकमले स्टाटस पोष्ट गरेमा र नयाँ साथि बनाएमा पैसा पाउने अफर ल्याएको छ ।
मेरोपोष्टमा साईन ईन गरिसकेपछि, यहाँ स्टाटस अपडेट गर्न सकिन्छ । 
सन् २०११ मा कान्तिपुर ईन्जिनियरिङ्ग कलेजमा बिई अध्ययन गर्दै गर्दा सुनिल चौलागाईंले निर्माण गरेको मेरोपोष्ट डटकम यहि पैसा पाउने अफरका कारण अहिले चर्चित बन्दै गएको छ । 

यी क्रियाकलाप तपाईंले गर्नुभएमा मेरोपोष्टले पैसा दिन्छ । 
मेरोपोष्ट डटकमको आधिकारिक वेबसाईट (यहाँ क्लिक गर्नुहोस्) का अनुसार कुनै पनि नयाँ साथीलाई मेरोपोष्टमा एकाउण्ट खोल्न आग्रह गरिएमा ५ रुपैयाँ पाईन्छ भने आफूले रिक्वेष्ट पठाएको साथीले एसेप्ट गरेमा ५० पैसा, नयाँ ग्रुप बनाएमा १० पैसा, स्टाटस अपडेट गरेमा १० पैसा, आफ्नो पोष्टमा अरुले लाईक वा कमेन्ट गरेमा ५ पैसा र आफूले गरेको पोष्ट अरुले रि पोष्ट गरेमा १० पैसा आफ्नो एकाउण्टमा जम्मा हुन्छ । 
शर्तहरु लागू हुनेछन् । 
तुचुक सर्भिस प्रालिको नामबाट सञ्चालित मेरोपोष्टका प्रयोगकर्ता बढाउन यस्तो अफर ल्याईएको मेरोपोष्टले जनाएको छ । 

मेरोपोष्टमा सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा भएका सबै सुविधा उपलब्ध रहेका तुचुक सर्भिसको दाबी छ । 

यसमा सिधै नेपालीमा लेख्न, एकैपटक धेरै फोटो फाइल तथा भिडियो क्लिप राख्न सकिने छ । यसका साथै प्रयोगकर्ताले आफ्नो प्रोफाइलको ब्याकराउण्ड परिवर्तन गर्न सक्नेछन् । 
मेरोपोष्टमा युजर भेरिफिकेसन तथा च्याट र च्याटरुमको सुविधा पनि रहेको छ । आफ्नो परिचय खुल्ने कुनैपनि कागजातको आधारमा तपाईंले आफ्नो एकाउण्ट फेरिफिकेशन गर्न सक्नुहुनेछ ।





यो पनि पढ्नुहोस् । 

2 comments:

  1. शुखद अवसरमा हार्दिक बधाईका साथ मङ्गलमय शुभकामना.....!!!!!!

    ReplyDelete