Tuesday, June 17, 2014

कुनैबेला निकै चलेका पोखरेली लोक कलाकार अहिले के गर्दैछन् ?


पाईन खबर घर फर्कि आउनुहोस् मेरो हजुर, फूलको बासना लगायतका लोकप्रिय गितकै कारण कुनैबेला नेपाली लोकसंगितको क्षेत्रमा वर्चस्व जमाएकी लोकगायिका हरिदेवी कोईरालाको आवाज हिजोआज कमै सुनिन्छ ।
गितसंगितको फेरिँदो शैलिसँगै क्षेत्र समेत फराकिलो बन्दै गएपछि, अहिले पुराना भन्दा नयाँ कलाकार अघि छन्, लोकसंगितमा । गाउँघरका लोकभाकालाई टपक्कै टिपेर नेपाली जनजिव्रोमा पुर्याउन सफल कोईराला हिजोआज साहित्यिक क्षेत्रमा बढी तल्लिन हुनुहुन्छ ।
त्यसैले पनि त्यति धेरै गितमा आवाज दिन नसकेको उहाँको भनाई छ । “अहिले बजारमा अस्वस्थ प्रतिस्पर्धा छ ।” उहाँ भन्नुहुन्छ– “त्यहि भएर पनि पहिले जस्तो अहिले गित चलेका छैनन्, तर म चाहिँ सुस्ताएकी छैन, श्रोता माझ नै छु ।”
गायिका हरिदेवी कोईराला मात्रै होईन लोकप्रिय गायक पुरुषोत्तम न्यौपानेका आवाज पनि त्यति सुनिँदैनन्, आजभोली । तैपनि उहाँले फाटफुट एल्वममा गित गाउन भने छाड्नुभएको छैन ।
रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्रका जागिरे समेत रहनुभएका न्यौपानेको जीवन धान्ने गतिलो मेलो बनेको छ, देशविदेशमा हुने स्टेज कार्यक्रम ।
सिजनमा स्टेज कार्यक्रममै भ्याई नभ्याई हुन्छ, उहाँलाई । “एउटा स्टेज कार्यक्रमबाट कम्तिमा २० हजार रुपैयाँ लिन्छु, विदेशतिर जाँदा अझै बढी हुन्छ” । उहाँ भन्नुहुन्छ– “तर अहिले अफसिजन भएकाले पारिवारिक काममै व्यस्त छु ।” कुनै बेला पुरुषोत्तम न्यौपानेले जस्तै गित गाएपनि चल्थे । तर अहिले त्यस्तो छैन ।
“मलाई लाग्छ, म चल्दा मैले छोएको फलाम पनि सुन हुन्थ्यो, तर अहिले धेरै कलाकार छन् । सधैं पुरुषोत्तम न्यौपानेले गाएकै गितमात्रै चल्नुपर्छ भन्ने छैन ।”
२०४६ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेर वलाम देवीथान गितबाट गायन यात्रा थाल्नुभएका न्यौपानेले केहीदिन पछि नै बजारमा नयाँ गित ल्याउने तयारी पनि गरिरहनुभएको छ ।
हुन त सबै कलाकार सधैं एकैनासले चर्चामा आईरहन सक्दैनन् । समयको परिवर्तनसँगै फेरिएका प्रविधि र गायनको शैलिले अहिलेका पुस्ताले अघिल्लो पुस्ताका गितसंगित रुचाउन छाडेका छन् । तर अहिलेका गितसंगित पहिलेका जस्ता जीवन्त भने छैनन् ।
पोखराकै अर्का लोकदोहोरी गायक प्रजापति पराजुलीको बुझाईमा पनि बद्लिँदो प्रविधिमा रम्न नसकेकै कारण पहिलेका कलाकार अहिले विस्थापित हुँदै गएका छन् । 
के खान्छ्यौ कमला, सुन्तला कि अमलाले चर्चाको शिखरमा पुगेका पराजुली पनि अहिले देशविदेमा भैरहने स्टेज कार्यक्रम र साँगितिक संघसंस्था तिर नै बढी क्रियाशिल हुनुहुन्छ ।
उहाँ भन्नुहुन्छ– “नयाँ प्रविधिले गर्दा पुराना लोकदोहोरी क्षेत्रका कलाकार अहिले पहिलेजस्तो चर्चामा छैनन्, नेपालमा गाएरै बाँच्न नसक्ने भएपछि, विदेश पलायन पनि बढ्दो छ ।”
अहिले लोकसंगितमा लाग्ने कलाकारको बाढी उर्लिएको छ । सयौं कलाकारका हजारौं संगित एकैपटक प्रतिष्पर्धामा उत्रिँदा नयाँ कलाकारले पुरानाका जस्तो चर्चा पाउन सकिरहेका छैनन् । नयाँ नयाँ स्वाद चाख्न पाईने भएपछि श्रोतापनि कलाकार भन्दा गितप्रति बढी समर्पित छन् । केही पुराना गायकगायिकाले आफूलाई यथास्थानमा राख्ने प्रयास अझै नछाडेपनि पुराना पोखरेली कलाकार वावा राणा, सरोजगोपाल बज्राचार्य लगायतका कलाकार चाहिँ लोकसंगितबाटै टाढिईसकेका छन् ।
( उज्यालो ९० नेटवर्कमार्फत नेपाल दर्पणको रङ्गदर्पणमा प्रसारित सामग्रि । )
यहाँ पनि पढ्न सकिन्छ । 

1 comment:

  1. Harrah's Cherokee Casino Resort - TripAdvisor
    At Harrah's Cherokee 동해 출장마사지 Casino 보령 출장샵 Resort, you'll 안양 출장샵 find 1,800 slot 경기도 출장안마 machines, 70 table games, and plenty of table games. Guests can enjoy a late-night getaway. The  Rating: 4 · ‎1 하남 출장안마 review

    ReplyDelete