Tuesday, May 27, 2014

उनी म बाट टाढिने निधो गरिन् ।

स्याङ्जा ३ चिसापानी स्थायी घर भएका रामचन्द्र पौडेल (आर सि) विगत बर्षदेखि गजल लेखनमा सक्रिय छन् । अहिलेसम्म छुट्टै गजल संग्रह प्रकाशित नभएपनि, शर्माका थुप्रै फुटकर गजल विभिन्न पत्रपत्रिकामा प्रकाशित भैसकेका छन् । पञ्चामृत नाट्य समूह पोखरामा क्रियाशिल शर्मा वियोगान्त तथा समसामयिक बिषयमा गजल लेख्न रुचाउँछन् ।
पढौं शर्माको यो गजल ।


उनी म बाट टाढिने निधो गरिन् । 

छाडि कहां जान्छौ आफ्नै थर बनाएपछि
हराभरा मेरो जीवन बगर बनाएपछि

जोखिम हुने नहुने सोच्न जरुर देखिन्छ
बालुवा नै बालुवाको घर बनाएपछि

उनि म बाट टाढिने निधो तब मात्र गरिन्
मेरो जीवनमा ठुलै असर बनाएपछि

अरे अधुरै नरहेर पुरा कसरी होस् त
जमिन बाटै चन्द्र छुने रहर बनाएपछि

बिचैमा चुंटिदा पिडा दोहोरै हुन्छ
सम्बन्ध तन्किएको रबर बनाएपछि

रामचन्द्र पौडेल(R.C)
चिसापानी ३ स्याङ्जा हाल.पोखरा

लेखकलाई फेसबुकमा भेट्नुहोस् । 

No comments:

Post a Comment