Monday, July 13, 2026

नेपालमा पनि यत्तिको बस चाहिन्छ है !

जापानका सडकमा निकै लामा र ठूला बस गुड्छन् । यहाँको बाटो फराकिलो हुने भएकावे पनि ठूला बस चलाउन समस्या हुँदैन । यो बसको लम्बाइ मात्रै करिब ११ मिटर हुन्छ भने चौडाई साढे २ मिटरको । यसमा ७० जनाले यात्रा गर्न मिल्छ । यो बस पूर्ण रूपमा विद्युतीय भएकाले धुवाँ निकाल्दैन, आवाज पनि निकै कम हुन्छ र वातावरणमैत्री हुन्छ । फुल चार्जपछि करिब २००–२५० किलोमिटर सम्म चल्न सक्छ । नेपालको ग्रामीण भगमा त सम्भव नहोला, सहरी क्षेत्रमा माईक्रो विस्थापन गरी सबै यस्तै बस चलाउने हो भने ट्राफिक जाम पनि हट्ने र वातावरण पनि सफा हुने थियो । #IchikawaStation #ElectricBus #EVBus #JapanLife #JapanTravel #JapanVlog #BusLover #PublicTransport

No comments:

Post a Comment