Friday, May 23, 2014

मलाई नम्बर नै दिँदैन यार

कक्षा ८ को परीक्षा सकिन एकदिन मात्रै बाँकी थियो । 
अन्तिम दिन पूर्व व्यवसायिक बिषयको परीक्षा । कक्षामा सरले अरु बिषय पढाउँदा सधैं कुखुरो बन्ने गरेपनि पूर्वव्यवसायिकमा भने सेतो हब्सीले कहिल्यै हप्काई खाएन । त्यही भएर पनि उ ढुक्क थियो परीक्षामा पास हुन्छु भन्नेमा । परीक्षामा सधैं अघिल्तिर र पछिल्तिरका साथीलाई कर्के नजर लगाउँदै कापी देखाउन बाध्य पाथ्र्यो सेतो हब्सी । 

जिल्लास्तरिय परीक्षाको अन्तिम दिनको अघिल्लो दिनसम्म उसलाई भोलीपल्ट कुन बिषयको परीक्षा हो थाहा थिएन । हुनपनि सधैं अरुको सार्न र चोर्न पाएपछि, थाहा हुनु नै किन पर्यो र । सधैं सेतो हब्सीलाई परीक्षामा कापी देखाउँदा देखाउँदै दिक्क भएको रमाकान्ते काईंलोले पूर्वव्यवसायिकमा बरु आफू नलेखेर फेल हुने बरु सेतो हब्सीलाई कापी नदेखाउने निर्णय गर्यो ।
 भोलीपल्टको परीक्षामा रमाकान्ते काईंलोले कापीमा आफ्नो सिम्बोल नम्बर बाहेक केही नलेखेरै ३ घण्टा बितायो । सेतो हब्सीले पनि सिम्बोल नम्बर बाहेक अरु केही सार्न पाएन आज । अरु दिन रमाकान्ते काईंलोले लेखेको उत्तरमा थपथाप पारेर आफूले लेखेजस्ते पार्ने सेतो हब्सीको उत्तरपुस्तिकाका पाना आज भने रमाकान्ते काईंलाको जस्तै पूरै खाली थिए । 
हुबहु कापीका पाना खाली भएपछि, सेतो हब्सीलाई उठ्नु रिस उठ्यो । अनि परीक्षा सकिएको घण्टी बज्न नपाउँदै रमाकान्तेलाई खाउँला झैं गरी चिथोर्न खोजीहाल्यो । उनीहरुको चर्तिकला देखिरहेको पानीमन्तरे पनि परीक्षाबाट निस्किएर सोध्यो, 
पानीमन्तरेः हैन सेतो हब्सी किन झगडा गर्दैछस् । यो काईंलोसित ।
सेतो हब्सी कड्कियोः हेर्न यार आज परीक्षामा यो काईंलेले पूरै खालि छाड्यो ।
पानीमन्तरेः अनि तलाईं के भो त, यसले खाली छाडेर ?
सेतो हब्सीः यसले केही नलेखेपछि, मैले पनि केही थपथाप गर्नै पाईन । अब सरले पानीमन्तरेको जस्ताको तस्तै सार्यो भनेर मलाई नम्बर नै दिँदैन यार ।
सेतो हब्सीले ट्विटर पनि चलाउँछ ।

1 comment: