Thursday, May 22, 2014

सडक सफा गर्ने मजदुरलाई बियर पारिश्रमिक !

पहिले–पहिले पारिश्रमिक जिन्सीमा दिने गरिन्थ्यो । तर, आजकल जमाना नगदको छ, त्यसैले जिन्सी ज्याला कल्पना पनि गर्न सकिन्न ।
जर्मनीको एक शहरले अनौठो योजना अघि सारेको छ । पश्चिम जर्मनको एस्सेन शहरले सडक सफा गर्ने मजदुरलाई ज्यालास्वरुप बियर दिने घोषणा गरेको छ ।

खासगरि जँड्याहा र लागूपर्दाथ दुब्र्यसनीहरुलाई लक्षित गर्दै यस्तो योजना जघि सारिएको हो । जहाँ उनीहरुले दिनको ३ देखि ६ घण्टासम्म सडकमा फालिएका फोहोर उठाउने र सफा गर्ने काम गर्नुपर्ने छ । त्यसबापत सरकारले उनीहरुलाई टन्न बियर पिउन दिने छ भने गोजी खर्च बापत घण्टाको १.२५ युरो पनि दिने छ ।
सडक सफा यस्ता जँड्याहा र दुब्र्यसनी मजदुरहरुले खाने कुरा र चिकित्सा सेवा पनि पाउने छन् । एडिक्ट सपोर्ट एस्सेन च्यारिटीको पहलमा सुरु गर्न लागिएको यो कार्यक्रमको नाम ‘पिक–अप’ रहेको छ ।
स्थानीय लोकल डेलीका अनुसार सरकारले नै यस्तो योजना अघि सारेपछि यसको बिरोध सुरु भएको छ । आलोचकहरुले यसलाई गैरजिम्मेवार र शोषणमुलक भनेका छन् ।
तर, च्यारिटीले भने यसको उदेश्य मानिसलाई बियर आपूर्ति गर्नु नरहेको भन्दै बचाउ गरेको छ । दुब्र्यसनीहरुलाई काममा आर्कर्षित गर्न बियर सप्लाई गर्नु जरुरी रहेको भन्दै च्यारिटीले भनेको छ– यसबाट उनीहरुलाई काममा आर्कर्षित गर्न सकिने छ र उनीहरुले अर्थपूर्ण दैनिकी जिउन सक्नेछन् ।
यो सामग्रि अनलाईन खबरबाट साभार गरिएको हो । 

No comments:

Post a Comment