Thursday, May 15, 2014

नजानिँदो तरिकाले अरुका फेसबुक पेज यसरी लाईक हुन्छन् !

जबरजस्ती लाईक पाउन यसरी थापिन्छ पासो । 
कहिलेकाहीँ नसोचेको कुरा भैदियो भने छक्क परिन्छ ।
हामीमध्ये धेरैजना ठूलो सामाजिक सञ्जाल फेसबुकमा अभ्यस्त भैसकेका छौं । स्टाटस र फोटो अपलोड गर्ने, लाईक गर्ने, कमेन्ट गर्ने, च्याट गर्ने, पेज बनाउने, सेटिङ्ग परिवर्तन गर्ने लगायत फेसबुकका सबै फिचर हाम्रा लागि सामान्य जस्तै भैसके ।
हामीमध्ये केहीले विभिन्न मोबाईल एप्लिकेशन तथा कम्प्युटर एप्समार्फत पनि फेसबुक कनेक्ट गरेर नविनतम प्रविधिमा रमाईरहेका छौं । विभिन्न सुविधा पाउने लोभमा विभिन्न ईन्टरनेट पेज र एप्लिकेशनमा लग ईन गर्दा जानेर वा नजानेर आवश्यकता नपरेका व्यक्तिलाई पनि पछ्याईएको हुनसक्छ । जबरजस्ती फेसबुक पेज लाईक गर्न थापिएको पासो को एउटा उदाहरण हेर्नुहोस् ।

<<<पत्तो लगाउनु होस् कसले तपाइको फेसबुक प्रोफाइल हेर्ने गर्छन | यहाँ क्लिक गर्नुहोस--->http://timelinevisitor.tqnepal.com/>>>
पछिल्लो केही समययता फेसबुकमा भाईरल बनेर फैलिरहेको यो लिंक तपाईंसामु पनि आईपुगेको हुनसक्छ । अनि आफ्नो प्रोफाईल कुन कुन व्यक्तिले जाँच गरे भनेर जान्नका लागि तपाईले पनि यहाँ भने अनुसार नै गर्नुभएको हुनसक्छ ।
एकपटक यहाँ उल्लेख गरिएका सबै प्रक्रिया पूरा गरिसकेपछि, ईन्टरनेट र यसबारे अलि दक्षता राख्नुभएका साथीहरुले त फेसबुकमा विभिन्न रंगी बिरंगीका नामबाट बग्रेल्ती खुलेका पेजहरुले अपनाएको यो नयाँ हर्कतका बारेमा पक्कै थाहा पाईसक्नुभयो होला ।
 तर फेसबुक तथा ईन्टरनेट चलाउने तर यसको प्राविधिक बिषयमा कम जानकारहरुले भने आफ्नो प्रोफाईल कसले कति पटक हेरेछ भनेर थाहा पाउन यो पेजमा भनिए अनुसारको प्रक्रिया अझैपनि दोहोर्याईरहनु भएको हुनसक्छ ।
tqnepal.com नामक वेवसाईटको सब डोमेन timelinevisitor को नामबाट बनाईएको यो पेजमा फेसबुक प्रयोगकर्ताले केही प्रक्रिया पुरा गरेमा आफ्नो फेसबुक प्रोफाइल कसले कति पटक हेर्छन् भनेर पत्ता लाग्ने उल्लेख गरिएको छ । पहिलो चरणमा यहाँ राखिएका ६ वटा लाईक र २ वटा फलो बटनमा क्लिक गर्नुपर्ने बताईएको छ ।
यसको अर्थ यो हो की यहाँ राखिएका सबै ६ वटा लाईक बटनमा तपाईंले क्लिक गर्नुभएमा विभिन्न ६ वटा छुट्टाछुट्टै फेसबुक पेजमा तपाईंले नजानिँदो पाराले लाईक गर्नुभयो । अनि २ व्यक्तिको प्रोफाईललाई तपाईंले नजानिँदो पाराले फलो पनि गर्नुभयो । सबैलाई यी बटन के हुन् थाहा नहुन पनि सक्छ ।
यी सबैमा लाईक र फलो गरेपछि, दोश्रो चरणमा तलपट्टीको बक्समा यसरी लेखिएको छ ।
यसको अर्थ यो हो की यहाँ भनिए अनुसार साथीको प्रोफाईल, कमेन्ट, च्याट, ग्रुप आदी गरेर ५ छुट्टाछुट्टै ठाउँमा यो लिंक पोष्ट गर्नुभएमा तपाईं जस्तै अरुले पनि आफ्नो प्रोफाईल को को ले हेरेछन् भनेर जान्न खोज्छन् । अनि अरुले पनि माथी तपाईंले गर्नुभएको जस्तै प्रक्रिया दोहोर्याउँछन् । यसले गर्दा चरण १ मा राखिएका ६ वटा लाईक बटन र २ वटा फलो बटनका व्यक्तिलाई धेरैले लाईक र फलो गर्न पुग्छन् ।
अब तपाईंले यी सबै प्रक्रिया पूरा गरेपछि, तेश्रो चरणमा Click Here मा क्लिक गर्नुहुनेछ ।

तर माथी भनिए अनुसारका सबै प्रक्रिया पूरा गरेर पनि तपाईंले आफ्नो प्रोफाईल कतिले हेरे भनेर थाहा पाउन सक्नुहुन्न । जति नै प्रयास गरेपनि तेश्रो चरणमा प्रवेश गर्दा तपाईंले यस्तो सन्देश पाउनुहुनेछ ।


आफ्नो फेसबुक प्रोफाईल तथा टाईमलाईन कसले कति पटक हेरे भनेर जान्ने उत्सुकता सबै प्रयोगकर्तालाई हुन्छ । फेसबुकले च्याटदेखि भिडियो कल र स्टाटस अपडेटदेखि लाईक, कमेण्ट तथा फोटो र भिडियो अपलोड गर्नेसम्मका धेरै सुविधा दिएको छ । तरपनि फेसबुकले आजका मितिसम्म उसका प्रयोगकर्ताको टाईमलाईन कति जनाले हेरे भनेर जानकारी लिन मिल्ने सुविधा कसैलाई दिएको छैन । फेसबुकको आधिकारिक भनाई हेर्नुहोस् ।


यति पढिसकेपछि तपाईंले पक्कै पनि थाहा पाईसक्नुभयो, फेसबुकमा बढी लाईक पाउन र बेतुकका पेजको लाईक संख्या बढाउन मान्छेले कतिसम्म गर्दो रहेछ ।

धेरैलाई रिस पनि उठ्यो होला झुक्याएर पेज लाईक र प्रोफाईल फलो गराउनेहरु प्रति । नआत्तिनोस्, तपाईंले पहिले नजानिँदो पारामा लाईक र फलो गर्नुभएका ती पेज र प्रोफाईललाई अनलाईक र अनफलो पनि गर्न सक्नुहुन्छ । त्यसका लागि आफ्नो टाईमलाईनमा गएर View Activity Log  मा क्लिक गर्नुहोस् । अनि एक एक गरेर तपाईंले लाईक र फलो गरेका पेज र प्रोफाईललाई हटाउन पनि सक्नुहुन्छ ।





तपाईंले यी दुई व्यक्तिको प्रोफाईलमा फलो गर्नुभएको थियो ।
Irtex Pun










Nawaraj Chhetri











अनि तपाईंले यी ६ वटा फेसबुक पेजमा पनि लाईक गर्नुभएको थियो ।
Facebook Timeline Analzyer
Nepali Music
Study Nepali Online
Nepali Sports
Nepali Videos
Mero Developer
timelinevisitor को मुख्य वेवपेजको जबरजस्ती लाईक गराउन लगाउने खेती पनि हेर्नुहोस् ।

हुन त फेसबुकको टाईमलाईन र प्रोफाईल भ्यू गर्न सकिने भन्दै गुगलको प्ले स्टोर तथा ईन्टरनेट बजारमा थुप्रै एप्लिकेशनहरु पनि छन् । तर ती कुनै पनि आधिकारिक भने होईनन् । फेसबुकले स्पष्ट रुपमै भनेको छ कुनै पनि टाईमलाईनको कति भ्यू भयो भनेर देखाउन सकिँदैन
त्यसैले, आफ्नो प्रोफाईल वा टाईमलाईन कसले कति पटक हेर्यो भन्दापनि फेसबुकमार्फत कसरी गतिला खुराक लिने र अरुलाई के दिने भन्ने कुरा ज्यादै महत्वपूर्ण हो ।
आफूलाई अनुपयोगी लाग्ने तथा मन नपरेको पेज किन लाईक गर्ने ? तर धेरै लाईक देखाएर शान बढाउन खोज्नेहरुले जबरजस्ती लाईक गर्न बाध्य बनाउँछन् । फेसबुकमा डलर तिरेर विज्ञापन गर्नुभन्दा सजिलै धेरै लाईक पाउन सकिन्छ भने उनीहरु यसका लागि कुनै कसुर बाँकी राख्दैनन् । यस्ता लाईकका भोगी र विभिन्न पासोमा फसाएर लाईक गर्न लगाउनेसँग सामान्य ध्यान दिने हो भने पनि बच्न सकिन्छ ।
फोटो र स्टाटस अपडेट गर्नासाथ हामीले धेरै लाईक र कमेण्टको अपेक्षा गर्छौं । फेसबुकमा नयाँ कुरा राख्ने केही भेटिएन भने गनपते र थाङ्ने (झ्याउ लाग्दा) बिषयवस्तु पनि बेला बेलामा कोट्याईरहन्छौं । 
फेसबुक खोल्दैमा स्टाटस अपडेट गरि नै हाल्नुपर्छ भन्ने छैन । अरुले लेखेका र अपडेट गरेका बिषयवस्तु पढेर पनि फेसबुकको सदुपयोग गर्न सकिन्छ । उनीहरुको विचार राम्रो लागेमा शेयर गरेर सबैसामु पुर्याउन पनि सकिन्छ । चाखलाग्दा, नयाँ, ज्ञानबद्र्धक र आफूले लेखेको कुराले अरुलाई पनि केही फाईदा पुगोस् भन्ने लाग्छ भने मात्रै फेसबुकमा लेख्नु राम्रो हो ।
फेसबुकमा एउटा यस्तो झुण्ड छ जहाँ सबै किसिमका मानिसहरुको सहज प्रवेश छ । तपाईंले याद गर्नुभएकै होला अलि बौद्धिक तथा हाई प्रोफाईलका व्यक्तिले फेसबुक भन्दा बढी ट्विटरको प्रयोग गर्छन् । (यसको अर्थ, उनीहरुले फेसबुकको प्रयोग नै गर्दैनन् भन्ने होईन, हजारौं सेलिब्रेटी तथा कहलिएकाहरुका फेसबुकमा लाखौं, करोडौं फ्यान पनि छन् ।) 
हुन त ट्विटर पनि सबैका लागि खुल्ला छ । फेसबुकमा झिनामसिना र गनपते कुरा गर्ने जमात कै कारण अलिक बौद्धिक वर्गका व्यक्तिहरु ट्विटर र अन्य सामाजिक सञ्जालतर्फ चलेको मान्न सकिन्छ । जहाँ उनीहरु आफू समानका व्यक्तिहरुसँग खुलेर बहस गर्ने गर्छन् ।
यो ब्लग तपाईंलाई मनपर्यो भने फेसबुकट्विटरमा पनि प्रतिक्रिया जनाउन सक्नुहुन्छ । 

1 comment:

  1. The casino’s ambiance is warm and alluring, with a powerful emphasis on having enjoyable. With a median payout price of 96%, weekly bonuses, and a casino lobby with over 630+ games, it’s easy to see why it’s so well-liked. If you get pleasure from slot machines, this is the casino for you, since it has over 430 totally different titles to pick from. While bodily casinos use bodily wheels and actual balls would possibly be} spun, many online casinos feature digital roulette wheels. 1xbet These wheels spin numbers with a random quantity generator, and would possibly be} never positive what different components may be be} programmed into the spin code.

    ReplyDelete