Thursday, May 10, 2012

जातीय राज्यको विरोधमा पोखरामा आन्दोलनले लियो उग्र रुप (फोटोफिचर)

पोखरा, बैशाख २८ गते,
जातीय राज्यको विरोधमा गठन भएको संयुक्त सघर्ष समितिले आव्हान गरेको नेपाल बन्दका क्रममा पोखराको पृथ्वीचोक आन्दोलनकारी र प्रहरीविच झडप भएको छ । पृथ्वीचोकमा तमुवान गणराज्य नेपाल भनेर लेखिएको बोर्ड हटाउनुपर्ने भन्दै आन्दोलनकारी अगाडि बढेपछि प्रहिरीले लाठि चार्ज र अश्रु ग्याँस हानेपछि पृथ्वीचोक क्षेत्र अहिले तनावग्रस्त भएको छ । सयौंको संख्यामा पुगेका युवाहरुलाई प्रहरीले दर्जनै सेल अश्रु ग्याँस हानेर भिड तितर बितर पार्ने प्रयास गरिरहेको छ ।
प्रर्दशनकारी र प्रहरीविच झडप हुदाँ केहि घाइते भएका छन् । प्रर्दशनकारीहरुले पोखरा सभागृहचोकमा रहेको प्रकाश पुञ्ज नामक व्यापारीक संस्थामा ढुङ्गा हान्दा क्षति पुगेको छ । त्यस्तै प्रर्दशनकारीहरुले सभागृहचोकमा रहेको ट्रफिक प्रहरीको डियुटि गर्ने विटलाई समेत भत्काईदिएका छन् । सयौंको संख्यामा रहेका प्रहरीहरुले भिडलाई तितर वितर पर्ने प्रयास गरीरहेको भएपनि जम्मा भई बोर्ड हटाउनतर्फ अगाडि बढन खोज्दाँ फेरीपनि झडपको स्थीति देखिदाँ त्यस क्षेत्रका स्थानिय आतंकित बनेका छन् ।
तस्विरहरुः नवराज ढुङ्गाना




No comments:

Post a Comment